
१९ असोज २०७५, काठमाडौं
पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर दैलेखको नारायण नगरपालिका १० भवानीमा दिउँसो १२ बजेर ५३ मिनेटमा ४ म्याग्निच्युटको भूकम्प गएको छ ।
असोज महिनामा पश्चिममा केन्द्रविन्दु बनाएर गएको यो दोस्रो भूकम्प हो । यसअघि असोज ३ गते पूर्वी रुकुमलाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो । २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको
थियो ।
पछिल्ला समय पश्चिम नेपालमा गएको यो भूकम्प भने नयाँ भएका राष्ट्रिय भूकम्प मापन केन्द्रका वैज्ञानिकले बताएका छन् ।





