भिरिङ्गी के हो ? यसको लक्षण तथा असरबारे जान्नुहोस् ।



१९ असोज २०७५, काठमाडौं

भिरिङ्गी प्यालिडम उपप्रजातिको ब्याक्टेरियम ट्रेपोनेमा प्यालिडमका कारणले हुने यौनरोग हो । भिरिङ्गीलाई चार चरणमा विभाजन गरिएको छ । प्राथमिक, माध्यमिक, निष्कृय र तेस्रो चरणको भिरिङ्गीगरि यसलाई चार चरणमा विभाजन गरिएको हो ।

भिरुङ्गी एक प्रकारको यौन रोग हो । आजकाल नेपालका सहरी क्षेत्रदेखि गाउँगाउँसम्म सबैतिर यौन सम्पर्कका माध्यमबाट सर्ने रोग व्याप्त छ । मानिसको यौन आदतमा निर्भर रहने भएकाले यस्ता रोग कुनै वर्ग वा समुदायमा सीमित नरहन सक्छ । यौन सम्पर्कका क्रममा अथवा असुरक्षित यौन सम्पर्कका कारणले सर्ने रोगलाई हामी यौनरोग भनेर चिन्ने गर्छौं ।

यो चार किसिमको हन्छ । साहीअनुसारको नै यसको लक्षण पनि देखा पर्दछ । यसमा हामीले समग्र भिरिङ्गीको केही लक्षणहरुलाई प्रस्तुत गरेका छौं ।

–शरीरभरि डाबर आउने,
–लिङ्ग, मलद्धार, भगोष्ठ ९योनिको बाहिरी भाग०, पाठेघरको मुख, घाँटी अनि ओठका वरिपरि नदुख्नेखाले घाउ खटिरा आउने,
–कपाल झर्ने,
–टाउको दुख्ने
–तौल कम हुने

सिफिलिस नेपालमा व्याप्त रहेको यौनरोग हो । यसलाई नेपालीमा भिरिङ्गी भनिन्छ । प्रायः घुमिरहने र छाडा यौन स्वभाव भएका व्यक्तिलाई यसको संक्रमण ज्यादा हुन्छ । केही दिनमा कतिपयको आफैँ निको भएर जान्छ भने कतिपयले एन्टिबायोटिक औषधि खाए पुग्छ । पुरुषका कारणले महिलामा पनि भिरिङ्गी सर्छ । उनीहरुको यौनांग वरपर घाउ देखिन्छ । प्रारम्भिक चरणमा एक दिनको एन्टिबायोटिक वा इन्जेक्सन लगाएपछि रोग नियन्त्रणमा आउँछ ।

असरहरु–

यसबाट बच्नलाई आफै सतर्क रहनु आवश्यक छ । समयमै यसको उपचार नभएमा यसले आँखा, दिमाग, नसा, मुटु, हाड तथा जोर्नीहरूमा असर पार्छ र शरीरका अन्य प्रणालीहरू नै खराब पार्न सक्छ। साथै भिरिङ्गी भएकी आमाले बच्चा जन्माएमा बच्चा अन्धो वा सुस्त मनस्थितिको जन्मने सम्भावना रहन्छ भने कहिले कही मृत्यु नै पनि हुन सक्छ ।

भिरिङ्गीको सुरुमा उपचार नभए जटिलता देखिने हुन्छ । उपचार नभएमा कतिपय गर्भवती महिलाको रोग शिशुहरुमा सर्न सक्छ । तर, तुलनात्मक रुपमा पुरुषहरुलाई भने समस्या हुँदैन । यो रोग लाग्नासाथ असुरक्षित यौनसम्पर्क राखे सर्ने जोखिम निकै उच्च हुन्छ । घाउ नै छ भने जोखिम ज्यादा हुन्छ।

प्रतिक्रिया दिनुहोस्