मिल्ने भए रविना र श्यामलाल : घरपरिवार र श्रीमानको मन जितेरै छोड्ने रविनाको दावी (भिडियो सहित)



१९ असोज २०७५, काठमाडौं

पछिल्लो समय सामाजिक संजालमा रविना वादी र श्यामलाल ओलीको सम्बन्ध निकै चर्चाको विषय बनेको छ । केहि महिना अघि रुदै कराउँदै आफूलाई अन्याय भएको भनी रविना मिडियामा आईन् । त्यसपश्चात नै यि दुईको सम्बन्धले नेपाली मिडियामा राम्रै चर्चा बटुल्यो ।

रविनाले मिडियामा प्रचार गरेजस्तो आफूहरुको सम्बन्ध नरहेको दावी गर्दै श्यामलाले रविनासँग सम्बन्ध बिच्छेद गर्ने अडान राखेका थिए । तर पहिलाका बिषयहरुलाई बिर्सेर रविनाले श्यामलालसंग मिलेर बस्ने बताउदै आफुले मिडियामार्फत भनेका कुरा सच्च्याउन थालिन् र माफिसमेत मागिन् ।

अन्तत रविना र श्यामलाल मिल्ने भएका छन् । रविनाले मन र बिश्वास जित्न सफल भईन् भने हासीखुशी सम्बन्ध अगाडि बढाउने श्यामलालले बताउँदै गर्दा रविनाले भने घरपरिवार र श्रीमानको मन जितेरै छोड्ने दावी गरिन् ।

प्रतिक्रिया दिनुहोस्