दुई मुक्तक (चौंथो साता)



१९ असोज २०७५, काठमाडौं

नमस्कार म धनबल राई, यहाँहरु समक्ष अब भने म तीन–तीन वटा मुक्तक लिएर आउने गर्दछु ।

मुक्तकको बारेमा–

मुक्तक यस्तो एउटा साहित्यिक विधा हो, जुन चतुष्पदीय हुन्छ, यसलाई एउटा स्वतन्त्र विधा पनि भनिन्छ । अझ स्पष्टसँग भन्ने हो भने यो पहिलो, दोस्रो र चौथों अनुप्रासयुक्त (तुक) र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । यसको पहिलो हरफले विषयको उठान गर्छ, दोस्रो हरफले उठानलाई थप समर्थन गर्छ, तेस्रो हरफ भने स्वतन्त्र हुन्छ, यानेकी यसले चौथों हरफलाई झट्का हान्न उपयुक्त वातावरण सिर्जना गर्नु पर्दछ ।

भनिन्छ, मुक्तक (AABA) सुत्रमा लेखिन्छ । किनकी मुक्तकमा पहिलो, दोस्रो र चौथों हरफ भने अनुप्रासयुक्त हुन्छ, र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । मुक्तक मुख्यतः मायाँ, प्रेमसँग जोडेर लेख्ने गरिन्छ, तर मुक्तक जुनकुकै विषयमा पनि रहेर लेख्न सकिन्छ । यहाँ मैले विशेषतः मायाँ प्रेमकै विषयमा लेख्न प्रयास गरेको छु । र अब देखि चाहिँ म हजुरहरुसमक्ष तीन–तीन वटा मुक्तकलाई स्थान दिने छु, यो साताको मुक्तक यसरी सुरु हन्छ, आउनुहोस् सुरु गरौं ।

अरुकोमा बडा दशैं, आईरहेको हुन्छ ।
खुसियाली सबैतिर, छाईरहेको हुन्छ ।
मेरो लागि सधैं दशैं दुःख अनि ऋणको,
दशमीमा नी मेरो साहु, धाईरहेको हुन्छ ।

प्रम रहिरहे उखान, टुक्कामै सिमित ।
प्रहरी प्रशासन नी, केही सुक्कामै सिमित ।
के गर्लान् खै विचरा ती बाबु–आमाले,
पिडीत अनुयायी, दुई चार मुक्कामै सिमित ।

धम्म हुनेछ त्यो दिन, अस्थाएको घाम हुनेछ ।
मुटु सबैको छियाछिया, अनि मुखमा रामराम हुनेछ ।
नविर्सनु है कदापी यो छाती चिर्न जलाउन अघि,
मुटु झिकी नियाली हेर्नु, त्यहाँ तिम्रै नाम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्