चर्चित क्रिकेटर बिराट कोहली फिल्म खेल्दै : ट्वीटरमार्फत पोष्टर सार्वजनिक



क्रिकेटको दुनियाँमा आजको समयमा होनाहार खेलाडी मानिएका विराट कोहली आजकल क्रिकेटबाट ब्रेकमा रहेका छन् । उनलाई बीसीसीआईले आराम गर्नका लागि समय दिएको छ । यसै बीच विराट कोहलीले सोशल मिडियामा एउटा तस्बिर शेयर गरेका छन् । जसबाट उनका फ्यानहरु हैरान भएका छन् ।

विराट कोहली क्रिकेटको दुनियाँबाट अलग अभिनयको दुनियाँमा कदम राख्न गइरहेका छन् । उनी छिट्टै नै एक फिल्म मार्फत डेब्यू गर्न गइरहेका छन् । यस कुराको बारेमा विराट स्वयमले आफ्नो सोशल अकाउन्ट मार्फत जानकारी गराएका छन् ।

विराटले आफ्नो एक्शन अवतारवाला फोटो पोस्ट गर्दै आफ्नो ट्वीटरमा लेखेका छन्, ‘१० बर्षपछि एउटा अर्काे डेब्यू । मैले प्रतीक्षा नै गर्न सकिरहेको छैन । ट्रेलर द मूभी ।’

खासमा विराट एक शानदार खेलाडीका साथै स्टाइलिस्ट पर्सनालिटीका लागि पनि परिचित रहेका छन् । तर पोस्टरमा उनको एकदमै एग्रेसिभ लुक देखाइएको छ । यो पोस्ट सार्वजनिक भएसँगै उनले फिल्ममा खेल्न लागेको अड्कल लगाइएको छ ।

विराटको यो लुकलाई देखेर मानिसहरुले उनले आफ्नो फेशन ब्राण्डसँग सम्बन्धित कुनै प्रोजेक्टको लन्च गर्नसक्ने अनुमान पनि लगाइरहेका छन् । यसका साथै विराटले कुनै एड फिल्म मार्फत डेब्यू गर्न लागेको हुनसक्ने पनि बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्