राजेश हमालले नेपालीलाई करोडपति बनाउने



१८ असोज २०७५, काठमाडौं

बेलायतबाट सन् १९९८ मा सुरु भएको विश्व प्रसिद्ध कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’ को भारतीय संस्करण ‘कौन बनेगा करोडपति’ भारत बाहेक नेपालमा पनि निकै नै लोकप्रिय रहेकाले अव यसको नेपाली संस्करण ‘को बन्छ करोडपति नेपाल’ नेपालमा प्रशारण हुन लागेको छ । यस कार्यक्रम मार्फत कार्यक्रमका प्रस्तोता रहेका अभिनेता राजेश हमालले नेपाली दर्शकलाई करोडपति बनाउने भएका छन् ।

अन्तर्राष्ट्रिय रुपमै लोकप्रियता हाँसिल गरेको बौद्धिक खेल कार्यक्रम ‘हु वान्ट्स टु बी ए मिलिनेयर’ अहिलेसम्म विश्वका १६१ देशबाट फ्रेन्चाईजको रुपमा निर्माण भएका छन् ।

प्रतियोगिताको नेपाली संंस्करणको रुपमा केविसी नेपाल (को बन्छ करोड पति नेपाल) आउँदो मंसिरको पहिलो साताबाट एचडी च्यानल एपी वान टेलिभिजन मार्फत प्रशारण हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्