
१८ असोज २०७५, काठमाडौं
‘को होला त्यो’ बोलको गीतबाट युवापुस्तामाझ लोकप्रियता कमाएका गायक सुनिल गिरीले यो मन एल्बममा समावेश गरिएको ʻपरदेशी कस्तो यो मनʼबोलको नयाँ गीत दर्शक तथा स्रोतामाझ सार्वजनिक गरेका छन् ।
सुनिलकै शब्द, संगीत तथा स्वरसंगै अभिनय रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ भने भिडियोलाई अनिल के. मानन्धरले निर्देशन गरेका हुन । भिडियोमा पवन सिम्खडाको छायाँकन तथा शिलन लम्सालको सम्पादन रहेको छ ।





