कक्षा ११ को नतिजा यसै साता आउने



१८ असोज २०७५, काठमाडौं

परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ ।

गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको परीक्षामा यो पटक पाँच लाख ४८ हजारले कक्षा ११ को परीक्षाका लागि फाराम भरेका थिए । ती मध्ये कति जनाले परीक्षा दिए भन्ने तथ्यांक निकाल्नै बाँकी रहेको र अहिले विद्यार्थीको हाजिरीलाई रुजु गर्ने काम भइरहेको नियन्त्रक शर्माले बताए । ‘कुनै प्राविधिक समस्या नआएमा अवको तीन दिन भित्रमा नतिजा प्रकाशन गरिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्