गाँस, बास र कपास जत्तिकै आवश्यक ‘सहवास’



१७ असोज २०७५, काठमाडौं

‘सहवास’ गाँस, बास र कपासपछिको मानिसका आधारभुत आवश्यक्ता हो, । पछिल्लो समय यौनको कुराहरु तथा त्यससँग सम्बन्धित क्रियाकलापहरु नेपाली समाजले पनि पच्दै गएको अनुभव गर्न सकिन्छ । र यो जरुरी पनि छ । पहिले सत्ययुगदेखि नै यो चलनको सुरुवात भएपनि यसलाई नेपाली समाजमा पच्न गाह्रो हुन्छ, अझैसम्म पनि ।

तर पछिल्लो समय प्रायः मान्छेहरु शिक्षित बन्दै गएपछि यसलाई साधारण एउटा लाभदायी तथा स्वास्थ्यका हिसाबले एक महत्वपुर्ण तथा अनिवार्य कुराको रुपमा लिईदैं आईएको छ । यौन त्यस्तो कुरा हो । जुनबिना मानिसको अस्थित्व असम्भव छ ।

 

यसलाई एउटा नराम्रो कुराको रुपमा मात्रै विश्लेषण गर्ने नेपालीहरुको बानी त्यत्ति पुरानो भने पक्कै हाईन । यसलाई सहर्स स्वीकार्नुपर्छ, किनकी यसले मानिसलाई स्वर्गीय आनन्द मात्रै दिदैन । यसले मानिसको जीवनसँग जोडिएका विभिन्न कठिनाईहरुबाट पनि मुक्ति दिन्छ । झन् पछिल्लो समयको विभिन्न विज्ञ तथा अध्ययनकर्ताहरुको अध्ययनले त ‘हृदयघात’ जस्तो घातक रोग पनि सहवासबाट ठिक हुने तथ्य फेला पारेको छ ।

सामान्यतयाः स्वस्थ र खुशी जीवन जीउन सहवास अति फाइदाजनक मानिन्छ । तर यहि सहवास अनियमित भएमा भने घातक सिद्व हुनसक्छ । विशेषगरी शारारिक ब्यायाम कम गर्ने र हृदयघात भएका ब्यक्तिलाई । अमेरिकी बैज्ञानिकहरुले हालै गरेको एक अनुसन्धान अनुसार सहवास अनियमित हुँदा हृदयघात हुने सम्भावना अन्य अवस्थामा भन्दा तीन गुणा बढी हुन्छ । सहवास र शारीरिक क्रियाकलापमा केहि समानता हुने हुँदा हृदय रोगी तथा ब्यायाम कम गर्ने अल्छी प्रवृतिका ब्यक्तिहरुमा यसले नकारात्मक असर गर्ने उनीहरुले बताए ।

सहवास मात्र हैन, खेलकुद बानी पनि अनियमित हुँदा मुटुको धडकन खतरनाक तहमा पुगी रक्त सञ्चारमा समस्या आउने अनुसन्धानकर्ताहरुले पत्ता लगाएका छन् ।

सहवास गर्दा र यसपछिको समयमा पनि हृदयघात हुन सक्ने सम्भावना सामान्य अवस्थामा भन्दा २.७ पटक बढी हुने बोस्टनस्थित टफ्टस् मेडिकल सेन्टरका डाक्टर इसा डाहब्रेलाई बुझाइएको अनुसन्धानको निचोडमा उल्लेख छ । ‘हृदयघात हुने सम्भावना सहवास वा खेल खेलेको एक वा दुई घण्टासम्म हुन्छ,’ अनुसन्धान टोलीका एक सदस्य जेसिका पलले बताइन् ।

यसैगरी, शाररिक ब्यायाम कहिल्यै नगर्ने ब्यक्तिहरुमा खेल खेल्दा मुटसम्बन्धि रोगबाट मृत्यु हुने सम्भावना अत्याधिक रहेको अनुसन्धानबाट पत्ता लागेको छ । यद्यपी, नियमित ब्यायामबाट तनाब कम हुने र मुटुमा पनि सकरात्मक प्रभाव पार्ने अन्य अध्ययन तथा अनुसन्धानले पुष्टि गरेको छ । यसर्थ, अमेरिकी अनुसन्धानकर्ताहरुले सर्वसाधारणलाई हल्कारुपमा नियमित ब्यायाम गर्न सुझाब दिएका छन् । यो नियम सहवास जीवनमा पनि लागू हुने उनीहरुले बताए । नियमित सहवास गर्ने ब्यक्तिहरुमा अरुलाई भन्दा कम हृदयघातको सम्भावना हुने अनुसन्धानको निष्कर्ष छ ।

तर, सहवास गर्नु राम्रो हो भनेर जहाँ पायो त्यहीँ अनि जोसँग पायो त्यहीँसँग गर्ने बानीले भने त्यसलाई कम भन्दा पनि बढाउँदैन भन्न सकिन्न । त्यसैले नियमित, सही र सुरक्षित सहवास गरौं, स्वस्थ्य जीवन जिऔं । साथै कुनै पनि कुराको सहि उपयोग गर्नु सभ्य मानिसको परिचय पनि हो ।

प्रतिक्रिया दिनुहोस्