आज बेलुकादेखि डिभी चिठ्ठा खुल्दै, यसरी भर्नुहोस डिभी



१७ असोज २०७५, काठमाडौं

सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभी चिठ्ठा आज बेलुकादेखि खुल्ने भएको  खुल्ने भएको छ ।

डिभी भर्न कुनै शुल्क तिर्नु नपर्ने काठमाडौस्थित अमेरिकी दुतावासले जनाएको छ । आफै डिभी भर्न चाहनेहरुले भने तोकिएको समयभित्र वेवसाइटमा गएर आवेदन भर्न सक्ने छन् । डिभी भर्ने म्याद आगामी कात्तिक २० गतेसम्मका लागि तोकिएको छ ।

डिभी भर्दा अघिल्लो वर्ष डिभी आवेदनमा भएको फोटो पुन यो पटक भर्दा प्रयोग गर्न पाइने छैन । डिभी भरेपछी आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्न दुतावासले आग्रह गरेको छ ।

डीभी चिट्ठामा सहभागी हुन https://www.dvlottery.state.gov/ मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई.डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्