रोनाल्डोलाई लागेको बलात्कार आरोपको अनुसन्धान सुरु



१७ असोज २०७५, काठमाडौं

लस भेगस प्रहरीले क्रिस्टियानी रोनाल्डोमाथि लागेको बलात्कार आरोपको अनुसन्धान सुरु गरेको छ ।

अमेरिकी नागरिक क्यारोथिन मायार्गाले सन् २००९ मा आफु रोनाल्डोबाट बलात्कृत भएको आरोपको आधारमा सो अनुसन्धान हुन लागेको हो । तर रोनाल्डोले भने यसलाई फेक न्युज भनेका छन् । मायार्गाले सो घटनालगत्तै भेगसका रिापोर्ट दर्ता गराएकी थिइन् ।

तर सो घटनालाई बाहिर नल्याउने सर्तमा उनले रोनोल्डोसँग ४ लाख डलरमा सम्झौता गरेकी थिईन् । तर रोनाल्डोका वकिलले भने यस्तो समाचार झुठो भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्