
१६ असोज २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिकाले नगर विकासको लागि दीर्घकालिन सोच निर्धारण कार्यशाला गोष्ठी आयोजना गर्ने भएको छ ।
२०७५ असोज १९ र २० गते बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ मा रहेको तपेश पार्टी प्यालेस (नेपाली भान्सा प्रा.लि.) मा विहान ७ः३० देखि दिनभर विभिन्न विषय विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
नगरप्रमुख उद्धव प्रसाद खरेलका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यशालाको समुद्घाटन गर्नेछन । कार्यशालामा साना तथा घरेलु उद्योग/व्यवसाय, बूढानीलकण्ठ नगरपालिकाको आवास क्षेत्रलाई व्यवस्थित गर्ने, बूनपाको पर्यटन प्रवर्धन तथा विकास सम्भावना सम्बन्धमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
प्रस्तुत कार्यपत्रमा वडाध्यक्षहरु, माननीयहरु, नगरपालिकामा वसोवास गर्ने उद्योग व्यवसायी समेतले सुझाव दिने बताईएको छ ।






