जननिर्वाचितका भरोषा बन्दै हारेका डा. राजन भट्टराई (भिडियो सहित)



१६ असोज २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ (साविक कपन गाविस) को सडक तथा खानेपानी समस्या समाधान गर्ने माध्यम बन्दैछन्, पूर्व सभासद तथा परराष्ट्रविद डा. राजन भट्टराई ।

संसदीय चुनावमा पराजित भएपनि आफूले जारी गरेको चुनावी घोषणापत्र लागू गराएरै छाड्ने अभियानमा छन् उनी । त्यसैले त कहिले सडक विभागको महानिर्देशक लिएर कपन आउँछन् त भने कहिले  बजेट पार्न वडाध्यक्ष लिएर अर्थमन्त्रालय धाउँछन डा. भट्टराई ।

सडक निर्माणको जिम्मा ठेकेदारले पाएको छ । बजेट दिने मन्त्रालयले बजेट दिएकै छ । यद्धपी सडक विस्तारले गति लिन सकेको छैन । त्यस्तै भयो कपनस्थित आनीगुम्बा डुवानको समस्या ।

साततले देखि आनीगुम्बासम्म पुग्ने सडक बाटोमा परेको करिव १२ करोडको परियोजनामा ७ करोड मात्र बजेट छुट्टिएपछि आनीगुम्बा क्षेत्र डुबानमै रहने भएकाले बूनपा ११ का वडाध्यक्ष राजु अधिकारी डा. भट्टराई भेट्न सिंहदरबारमै पुगे ।

विकास निर्माणमा चिन्तित भट्टराईले जननिर्वाचितहरुसँग सोही क्षेत्रमा बसेर उक्त समस्याको दीर्घकालीन समाधानमा आफू लागि पर्ने बताए ।

थप भिडियोमा :

प्रतिक्रिया दिनुहोस्