लहान होमयोप्याथिक अस्पताल सञ्चालनमा



१६ असोज २०७५, लहान,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रदेश नं २ लहान नगरपालिका–५ खुट्टी खोलास्थित विलट साह रौनियार जनसेवा होमयोप्याथिक अस्पताल लहानको आज उद्घाटन गरेकोे छ ।
उनले आजै लहान नगरपालिकामा रहेका विद्यालय जाने उमेरका बालबालिका विद्यालय बाहिर नरहेको घोषणा पनि गरे ।

उनले अस्पतालले नगरवासीलाई आवश्यक चिकित्सा सेवा पुर्याउने विश्वास व्यक्त गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल, बालअधिकार सबैको सरोकार’ नारालाई साकार पार्न नगरपालिकालाई आह्वान गरे ।
रु २२ लाखको लागतमा बनी आजदेखि सञ्चालनमा आएको अस्पतालको भवन एकतले र चारकोठे रहेको भवनदाता महेश गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस्