
१५ असोज २०७५, काठमाडौं
धादिङ्गको सल्यानकोट कार्की गाउँमा जन्मिएर विगत लामो समय देखि मोडलिङ तथा गायक क्षेत्रमा क्रियाशील तिर्सना बुढाथोकी कामले भन्दा पनि नचाहिँदो भल्गर गतिविधिले चिनिन थालेपछि बुढाथोकीलाई नेपालमा अहिले सन्नी लियोनीको दर्जा दिन थालिएको छ ।
हाल अमेरिकामा बसोवास गर्दै आएकी बुढाथोकी केही म्युजिक भिडियोहरूमा मोडलका रुपमा देखिए पनि सुरुवातदेखि नै विवादमा पर्दै आएकी छिन् । सामाजिक संजालमा उनका चर्तिकलाहरूको व्यापक आलोचना हुँदै आएको छ ।
नेपालमा हुँदा देखि नै विवादित बन्दै आएकी बुढाथोकी पछिल्लो समय झनै विवादमा आएकी छिन् । चर्चा कमाउनकै लागि बुढाथोकीले आफ्ना गोप्य अंगहरू फेसबुक लाइभबाट देखाएर यति बेला भाइरल बनेकी छिन् ।
अमेरिकामा रहेकी तिर्सनाले केही दिन अघि नेपाली समयअनुसार मध्यराति फेसबुक लाइभमा आएर आफ्ना गोप्य अंग देखाएकी हुन् । बुढाथोकीको त्यो लाइभ भिडियो यति असभ्य र अभद्र छ कि सामाजिक सञ्जालमा उनलाई तथानाम गालीका वर्षा भएका छन् । बुढाथोकीको त्यो अश्लील भिडियोलाई लाखौँले हेरेको छन् । उत्तिकै संख्यामा गाली पनि गरेका छन् ।
शेयर र भिडियो हेर्नेहरूभन्दा पनि बुढाथोकीलाई कमेन्टमा गाली गर्नेहरूको संख्या धेरै छ ।





