मनाङ मर्स्याङदी क्लबमा भारतीय खेलाडी असिफ अनुबन्ध



१५ असोज २०७५, काठमाडौं

मनाङ मर्स्याङदी क्लबले भारतीय खेलाडीलाई टिममा अनुबन्ध गरेको छ । टिममा भएको डिफेन्सको कमजोरीलाई सुधार गर्न क्लबले मोहम्मद असिफलाई अनुबन्ध गरेको हो ।

क्लबले उनलाई शहिद स्मारक ए डिभिजन लिगको समयभरिको लागि अनुबन्ध गरेको जनाएको छ । असिफको अनुबन्धसँगैं आफ्नो कमजोरीको पाटो डिफेन्समा सुधार आउने आपेक्षा क्लबको लिएको छ । असिफलाई दिईएको पारिश्रमिकको बारेका भने क्लब बोल्न मानेन ।

यसअघि क्लबले विदेशी खेलाडीद्वय ओलावले अजिफ र एडिलाजालाई क्लबमा भित्राईसकेको छ । उनीहरुलाई दुबैलाई फरवार्डको जिम्मा दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्