टी–ट्वान्टी विश्वकप छनौट : नेपाली टोली आज मलेशिया प्रस्थान गर्दै



१५ असोज २०७५,काठमाडौं

टी–ट्वान्टी क्रिकेट खेल्ने नेपाली टोली आज मलेशिया प्रस्थान गर्ने भएको छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोली आज दिउँसो १ बजे मलेशिया प्रस्थान गर्ने भएको हो ।

नेपालले पहिलो खेल अक्टोबर ०३ मा म्यानमारसँग खेल्ने छ । विश्वकप एशिया छनौटमा आयोजक मलेशिया तथा नेपाल, सिंगापुर, चीन, म्यानमार भुटान र थाईल्याण्ड रहेका छन् । ३ वर्षपछिको प्रशिक्षक प्रदिप ऐरीको पुनरागमनले पनि टोलीमा एक किसीमको छुट्टै हौसला भएको छ । साथै टोलीमा विनोद भण्डारीसँगैं चोटका कारण एशिया कप गुमाएका शरद भेषावकर पनि रहेका छन् ।

त्यस्तै खेलमा परेका अन्य खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसान्त रेग्मी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, सन्दीप लामिछाने तथा सोमपाल कामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्