रोनाल्डोलाई बलात्कारको आरोप, आफु निर्दोष भएको उनको भनाई



१५ असोज २०७५, काठमाडौं

पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानी रोनाल्डोले आफुलाई लागेको बलात्कारको आरोप अस्वीकार गरेका छन् । उनले सन् २००९ मा आफुमाथि लागेको आरोप अस्वीकार गरेका हुन् ।

एक अमेरिकी महिला मेयार्गाले उनीमाथि यस्तो आरोप लागाएका थिए । उनीहरु मेरो नाम जोडेर आफु हाईलाईटमा आउन चाहान्छन्, रोनाल्डोले भनेका छन्यो, सामान्य कुरा हो । रोनाल्डोका वकिलले भन यस्तो समाचार छाप्ने पत्रिकाविरुद्ध मुद्धा हाल्ने बताएका छन् । समाचारमा रोनाल्डोले लाभ भेगसको एक होटलमा बलात्कार गरेको उल्लेख गरिएको छ । घटनालगत्तै मेयार्गाले भेगसको पुलिससमक्ष मुद्धा दर्ता गराएकी थिईन । तर, घटना बाहिर नल्याउने सर्तमा उनले ४ सय डलरको सम्झौता गरेकी थिईन् ।

तर यो सिजनमा रोनाल्डो भने स्पेनिस क्लब रियल मड्रिडबाट करिब सय मिलियन पाउण्डमा ईटालियन क्लब युभेन्टसमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्