हत्या गरिएका आलमका परिवार भेट्न गृहमन्त्री सुनसरीमा



१४ असोज २०७५, सुनसरी

संघीय सरकारका गृहमन्त्री राम बहादुर थापा सुनसरीको भुटाहामा हत्या गरिएका खुर्सीद आलम अन्सारीका परिवारलाई भेट्न सुनसरी आएका छन् । भारतीय सञ्चार माध्यमले आईएस्आई एजेन्टको नाम दिएका अन्सारीको हत्या भए पश्चात उनलाई शहिद घोषणा गरिएको थियो । थापाले पिडित परिवारलाई भेटी दोषीलाई कानुनी कठघरामा ल्याउने बताएका छन् ।

मन्त्री थापाले आलमका परिवारलाई शहिदको प्रमाणपत्र र १० लाख रुपैयाँको चेक समेत प्रदान गरेका थिए ।

बिराटनगर बिमानस्थलमा ओर्लिएका थापाले सञ्चारकर्मी सँगको संछिप्त कुराकानीमा सरकार गठन भए पश्चात देशको शान्ती सुरक्षामा ब्यापक सुधार आएको बताए ।

राष्ट्र टुक्राउने अभिब्यक्ति दिने सिके राउतका पक्राउ परेका कार्यकर्ता प्रति इङ्गित गर्दै मन्त्री थापाले देशमा रहेका बिखण्डनकारी सरकारलाई सह्य नहुने बताए । कन्चनपुरकी बालिका निर्मला पन्त र छानबिनबारे बोल्दै मन्त्री थापाले प्रतिबेदन गृहमा रहेकाले समय आउन साथ सार्वजनिक गर्ने बताए ।

बिगतका तुलानामा बम बिस्फोट जस्ता घटनामा कमी आएको बताउँदै देशको शान्ती सुरक्षाका लागि सरकार जुनसुकै हदसम्म जाने बताए ।

प्रतिक्रिया दिनुहोस्