
१४ असोज २०७५, काठमाडौं
काठमाडौं प्रहरी परिसरका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुमार लामाले आफ्नो मातहतमा रहेका प्रहरीहरुको आचरण र व्यवहारमा सुध्रिकरण गर्दै जनताका साथ लिदै अपराध नियन्त्रण गरि शान्ति सुरक्षा प्रदान गर्ने आफ्नो पहिलो योजना रहेको बताएका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख लामाले उक्त कुरा ६३ औ प्रहरी दिवशका अवसरमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा चावहिलले आयोजना गरेको “सामाजिक सुरक्षामा स्थानियको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै उक्त कुरा बताएका हुन् ।
उनले प्रहरीहरुको आचरण र व्यवहारमा सुधार गर्न सके र प्रहरीले आफ्नो दायित्व बुझे मात्र पनि ५० प्रतिसत अपराध त्यति कै कम हुने बताउदै आफु काठमाडौं परिसरमा आएपछि ६७ ठाउमा प्रहरी १२ घण्टा डिउटी गर्ने गरि बिट स्थापना गरिसकेको र अपराधीहरुसंगको मिलोमतोमा काम गर्ने र कानुनी दायरा भन्दा बाहिर काम गर्ने केहि प्रहरीलाई कारवाही समेत गरिसकेको बताए ।

काठमाडौं प्रहरी परिसर अन्तर्गतका कुनै पनि प्रहरीहरु शान्ति सुरक्षा प्रदान गर्ने भन्दा अपराधीहरुलाई प्रश्रय दिने खालका गतिबिधिमा संलग्न भएको देखेमा वा भेटेमा आफुलाई तुरुन्त जानकारी दिन अनुरोध गर्दै त्यस्तालाई तुरुन्त कारवाहीको दायरामा ल्याउने र सो को जानकारी जनतालाई गराउने समेत प्रतिबद्धता ब्यक्त गरे ।
उनले नजिकिदै गरेको महान चाड दशै तिहार लगायतका चाड पर्वमा चोरी लगायत अन्य घटना घट्न नदिन समयमै प्रहरीलाई जानकारी गराए जनधन सुरक्षा प्रहरीले गर्ने बताउदै सहयोग गर्न आग्रह गरे साथै अपराध नियन्त्रण गर्न गृह मन्त्रालय, प्रहरी संगठन र काठमाडौं प्रहरी परिसरले केहि योजना ल्याउन लागेको पनि बताए।
काठमाडौंको शान्ति सुरक्षालाई समयानुकूल बनाउन काठमाडौं महानगरपालिकाका मेयरलाई भेट गरेको बताउदै मेयरले ३२ वटै वडामा अपराध नियन्त्रण लगायतमा महानगरपालिकाले सहयोग गर्ने बताएको जनाए ।
उक्त कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं. ७ का अध्यक्ष सुद्ध कुमार डंगोलले २०७२ सालमा जारी सबिधान अन्तर्गत तिनै तहको निर्वाचन सम्पन्न भइ सकेको हुँदा अवको लक्ष्य भनेको भय रहित वातावरण, शान्ति र सम्बृद्धि बनाउन सवै केन्द्रीत हुनु पर्ने र आफु पनि वडाको बिकाश र शान्ति सुरक्षाको विषयमा केन्द्रित रहेको बताए।
कार्यक्रममा महानगरिय प्रहरी बृत गौशालाका प्रमुख सुनिल मल्लले आफ्नो बृतले महानगरका तीनवटा वडा हेर्ने र जन घनत्वको हिसावले धेरै भएको हुँदा आफु आए पछि शान्ति सुरक्षाको विषयमा केन्द्रित रही काम गरिरहेको बताए ।
सामुदायिक सेवा केन्द्र चावहिलका अध्यक्ष उद्धवप्रसाद बडालको अध्यक्षतामा समपन्न उक्त कार्यक्रममा स्वागत मतब्य उपाध्यक्ष रमेश महर्जनले गरेका थिए भने कार्यक्रम वडा सदस्यहरु कृष्णमणि भट्टराई, कृष्णप्रसाद घिमिरे, निर्मला पुडासैनी,चन्द्रकला सुन्दास लगायत बिभिन्न टोल सुधार समितिका अध्यक्ष तथा सदस्यहरु, संघ सस्था, क्लवका प्रतिनिधिहरु साथै स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं महानगरपालिका वडा नं. ७ र महानगरिय प्रहरी बृत गौशालाको सहयोग भएको उक्त कार्यक्रमको संचालन सामुदायिक सेवा केन्द्रका महासचिव आशिष श्रेष्ठले गरेका थिए भने उपस्थित प्रमुख अतिथि, अतिथि लगायत सबैलाई धन्यवाद ज्ञापन सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष धुर्व प्रसाद न्यौपानेले गरेका थिए ।





