
१४ असोज २०७५, भक्तपुर
घरमै औषधि प्रालिको आयोजना तथा क्लास्सिक विल्डर्स प्रालि र डाक्टर अन डिमान्द प्रालिको सहयोगमा यही असोज १५ गते शनिवार क्लास्सिक टावोर्स सनोथिमिको सामाजिक भवनमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको घरमै औषधिका निर्तेश गौतमले परिवर्तन खबरलाई जानकारी गराएका छन् ।

उक्त शिविरमा उल्लेख्य संख्यामा टावोर्स निवासी परिवारको उत्साह जनक सहभागिता रहेको पनि जानकारी गराएका छन् । कार्यक्रममा पाटन एकेडेमी अफ हेल्थ साइन्सेसका असिस्टेन्ट प्रोफेसर डाक्टर रमेश कंडेलको विशेषज्ञ परामर्श तथा डाक्टर श्रेया परजुलीले विशेष चेकजाँचको बेवास्था गराइएको थियो । उहाँले अलजाइमर्स, उच्च रक्तचाप, मधुमेह तथा बृद्धाअवस्थामा लाग्न सक्ने अन्य विभिन्न रोग हरु सम्वन्धी करिब ५० जनाको निःशुल्क चेकजाँच गरेका थिए । टावोर्सका अध्यक्ष बाबु राजा महर्जनका साथै टावोर्स निवासी ७५ जना भन्दा बढीले आफ्ना समस्या तथा रोगहरुका बारेमा जचाउनुका साथै जानकारी लिएका थिए ।

घरमै औषधि काठमाडौं उपत्यकामा करिब ३ महिना देखि संचालनमा रहेको र डाक्टरद्वारा लिखित औषधि तथा औषधिजन्य सामाग्री बिरामीको घरमै बिना कुनै अतिरिक्त शुल्क पुर्याईदिने सेवा हो ।
आगामी दिनहरूमा पनि यस्तै सेवामूलक कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धताका साथ स्वास्थ शिविरको समापन गरिएको थियो ।






