प्रधानसेनापति पूर्णचन्द्र थापाद्वारा निरीक्षण भ्रमण सम्पन्न



१४ असोज २०७५, काठमाडौं

प्रधानसेनापति पूर्णचन्द्र थापाले असोज १४ गते काभ्रे जिल्लाको भकुण्डेबेसीस्थित श्री नं.२६ बाहिनी अड्डा र सोहि जिल्लाको पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी तथा केन्द्रको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्