शहिद स्मारक ए डिभिजन लिग : संकटाद्वारा सरस्वती पराजित



१४ असोज २०७५, काठमाडौं

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गतको आज भएको खेलमा संकटा क्लबद्वारा सरस्वती युथ क्लब पराजित भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा संकटा क्लबद्वारा सरस्वती युथ क्लब १–० ले पराजित भएको हो ।  खेलको निर्धारित समयसम्म दुबै टिमको उपलब्धि शून्यमै सिमित थियो । तर, खेलको थप समयको ५ औं मिनेटमा लक्ष्मण रुचालको १ गोल नै संकटा क्लबलाई पर्याप्त भयो ।

लिगको पहिलो खेलमा शनिबार आर्मी क्लब र एआरटी समान अंक २–२ गोलमा रोकिएका थिए । खेलको विजेताले ५० लाख तथा उपविजेताले ३५ लाख पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्