एएफसी अध्यक्ष खालिफा नेपालमा



१४ असोज २०७५, काठमाडौं

एशियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सलमान विन अब्राहिम अल खालिफा नेपाल आएका छन् ।

अखिल नेपाल फुटबल संघका पदाधिकारीहरुसँग भेटघाट कार्यक्रमका लागि उनी नेपाल आएका हुन् । एन्फाका अनुसार खालिफासँगको भेट ललितपुरस्थित एन्फा कम्प्लेक्स विहान १० बजेका लागि तय गरिएको थियो ।

बहराईन फुटबल संघको अध्यक्षसमेत रहेका खालिफाको भेट नितान्तः गुडविल भिजिट भएको एन्फा प्रबक्ता किरण राईको भनाई रहेको छ । एएफसीको निर्वाचन नजिकिदैँ गर्दा खालिफाको नेपाल भ्रमणलाई महत्वकांक्षाका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्