बंगबन्धु खेल्ने नेपाली टोलीलाई बिदाई



१४ असोज २०७५, काठमाडौं

बंगलादेशमा हुने बंगबन्धु खेल खेल्ने नेपाली टोलीलाई आज बिदाई गरिएको छ । बंगलादेशको राष्ट्रपिता बंगबन्धु शेखको स्मृतिमा हुने खेलका लागि नेपाली टोली आजै बंगलादेश प्रस्थान गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरि उनीहरुलाइ विदाई गरिएको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीहरुलाई उपाधी चुम्ने लक्ष्यसहित मैदानमा उत्रिन आग्रह गरेका छन् । साविक विजेता नेपाल यस संस्करणमा भने समुह ए मा परेको छ । नेपालले पहिलो खेल ताजिकिस्तानसँग अक्टोबर ०२ मा र प्यालेस्टाईनसँग अक्टोबर ०६ मा खेल्ने जनाईएको छ ।

६ टोलीको प्रधिस्पर्धा रहने खेलमा समुह ‘बी मा भने आयोजक बंगलादेश, फिलिपिन्स र लाओस रहेका छन् ।
समुह चरणको विजेता र उपविजेताले खेलको सेमिफाईनलमा प्रवेश गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्