विवाहपूर्व ऋषि धमलासँग त्यस्तो कुनै शर्त नरहेको एलिजाको दावी



अभिनेत्री एलिजा गौतम अहिले चर्चामा छिन् । उनको निर्माण र अभिनय रहेको पहिलो चलचित्र आज (शुक्रबार)बाट प्रदर्शनमा आएको छ । चलचित्र प्रदर्शनमा आउँदा उनी निकै नै नर्भस भएकी छिन् । उनलाई चलचित्र के होला ? कसो होला ? भन्ने डर छ । ऋषिराज धमलाको ब्यानरमा निर्माण भएको यही चलचित्रमार्फत उनले डेब्यु गरेकी हुन् ।

सानैदेखिको अभिनय रहरले कलाक्षेत्र रोजेको बताउने उनी चलचित्रको रिजल्ट जेजस्तो भए पनि निरन्तर यसमै रहने बताउँछिन् । आगामी दिनमा दीपकराज गिरीको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनय गर्ने इच्छा रहेको बताउने अभिनेत्री गौतमले ऋषि धमलासँग विवाह गर्नु अघि नायिका बनाउने शर्तमा विवाह भएको हो भन्ने प्रश्नमा यो कुरा गलत भएको र आफूले यस्तो खाले कुनै पनि शर्त नराखेको बताईन् ।

प्रतिक्रिया दिनुहोस्