
१८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजकातर्फबाट लडेका बलभद्र कुँवरको लडाईंलाई केन्द्रीय कथा बनाएर चलचित्र ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ ।
‘नालापानी’ रामराजा कुँवर र डा.धनबहादुर कुँवरले लेखेको पुस्तक ‘वीर बलभद्र कुँवर’ मा आधारित चलचित्र हो । रिमेश अधिकारीले निर्देशिन गरेको चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, बिशाल पहारी, बिजय मनोज शाक्य, बिष्फोट, गीता अधिकारी, पुजना प्रधान, महाविर विश्वकर्मा, इशान बिजु श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।





