सगरमाथा फ्रेण्डसिप-२०१८ सम्पन्न



१३ असोज २०७५, काठमाडौं

चीनको सिचुवान प्रान्तको चेङ्दुमा नेपाली सेना र चिनिया सेनाको विशेष फौज बीच असोज २ गतेदेखि संचालन भएको “सगरमाथा फ्रेण्डसिप-२०१८” संयुक्त तालिम यहि असोज ११ गते विशेष समारोहका बीच सफलतापुर्वक सम्पन्न भएको छ ।

तालिमको अन्तिम दिनमा आयोजना गरिएको समापन समारोह कार्यक्रममा संयुक्त रुपमा विशेष फौज सम्बन्धी विभिन्न कला कौशलहरुको समेत प्रदर्शन गरिएको थियो । उक्त तालिम सम्पन्न गरी तालिममा सहभागी नेपाली सैनिक टोली असोज १२ गते स्वदेश फिर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्