पीपीएल एक्सनमा १ सय ७९ खेलाडीको नाम दर्ता,



१२ असोज २०७५, काठमाडौं

आगामी ०९ कार्तिकदेखि पोखरा रंगशालामा सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत हालसम्म १ सय ७९ जना खेलाडीको नाम दर्ता भएका छन् ।

दर्ता गराईएको खेलाडीमा ३० क्याप्ड खेलाडी, ७५ एज क्याप्ड खेलाडी तथा ९२ अनक्याप्ड खेलाडी गरि १ सय ७९ खेलाडीको नाम दर्ता भएका हुन् । खेलमा ६ टोलीको सहभागिता रहने जनाईएको छ । प्रत्येक टोलीमा १५–१८ खेलाडी रहने एन्फाले जनाएको छ । साथै प्रत्येक टोलीले एक्सनमा १० खेलाडी अनिवार्य रुपमा किन्नुपर्ने हुन्छ ।

सबै टोलीको नाम ६ शहरको नामबाट राखिएको छ, पहिलो संस्करणमा ६ टोलीले प्रतिस्पर्धा गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्