दुई मुक्तक (तेस्रो साता)



१२ असोज २०७५, काठमाडौं

नमस्कार म धनबल राई, यहाँहरु समक्ष गत साता दुई वटा मुक्तक लिएर आएको थिए । त्यो मुक्तक अलिक छोटो जस्तो लागेर यो साताबाट चाहिँ यहाँहरुमाझ तीन वटा मुक्तकहरु समेट्ने प्रयास गरेको छु ।

मुक्तकको बारेमा–
मुक्तक यस्तो एउटा साहित्यिक विधा हो, जुन चतुष्पदीय हुन्छ, यसलाई एउटा स्वतन्त्र विधा पनि भनिन्छ । अझ स्पष्टसँग भन्ने हो भने यो पहिलो, दोस्रो र चौथों अनुप्रासयुक्त (तुक) र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । यसको पहिलो हरफले विषयको उठान गर्छ, दोस्रो हरफले उठानलाई थप समर्थन गर्छ, तेस्रो हरफ भने स्वतन्त्र हुन्छ, यानेकी यसले चौथों हरफलाई झट्का हान्न उपयुक्त वातावरण सिर्जना गर्नु पर्दछ ।

भनिन्छ, मुक्तक (AABA) सुत्रमा लेखिन्छ । किनकी मुक्तकमा पहिलो, दोस्रो र चौथों हरफ भने अनुप्रासयुक्त हुन्छ, र तेस्रो हरफ भने स्वतन्त्र हुन्छ । मुक्तक मुख्यतः मायाँ, प्रेमसँग जोडेर लेख्ने गरिन्छ, तर मुक्तक जुनकुकै विषयमा पनि रहेर लेख्न सकिन्छ । यहाँ मैले विशेषतः मायाँ प्रेमकै विषयमा लेख्न प्रयास गरेको छु । र अब देखि चाहिँ म हजुरहरुसमक्ष तीन–तीन वटा मुक्तकलाई स्थान दिने छु, यो साताको मुक्तक यसरी सुरु हन्छ, आउनुहोस् सुरु गरौं । हजुरहरुले आउँदो साताको मुक्तक पढ्न सक्नुहन्छ, र गत साताको मुक्तक हेर्न सक्नुहन्छ ।

कल गर्न मन थियो, भ्वाईस प्याक थिएन ।
मैले त ठाने सिम पो मेरो फोनले लिएन ।
ब्यालेन्स सकिएर रहेछ पछि बुझ्दा पो,
जत्ति ट्राई गरेनी, एनसेलले लोनै दिएन ।

रुदै बसे म, हाँस्दै गयौ तिमी ।
यादको तस्बीर टाँस्दै गयौ तिमी ।
चुटिन्छ भन्छु यादका डोरीहरु
चुडिएन क्यै गरि, गाँस्दै गयौ तिमी

मलाई हिरो बनाउने नी, तिमी थियौ ।
मलाई जिरो बनाउने नी, तिमी थियौ ।
एक्स ब्वाईफ्रेण्डको कुरा गरि गरि,
रातो पिरो बनाउने नी, तिमी थियौ ।

प्रतिक्रिया दिनुहोस्