त्रिज्योती स्कूलले “त्रिज्योती चाडपर्व प्रदर्शनी” गर्ने



११ असोज २०७५, काठमाडौं

त्रिज्योती माविले २५ औं वाषिकोत्सवको अवसरमा आगामी शनिवार असोज १३ गते विद्यालयको प्राङ्गडमा “त्रिज्योती चाडपर्व प्रदर्शनी” आयोजना गर्ने भएको छ ।

विद्यालयका सहायक प्राचार्य गणेश कुमार मिश्रका अनुसार दशैं घर, तिहार घर, म्हपूजा घर, छठ पूजा घर, परम्परागत भान्सा घरको प्रदर्शनी, भाडाँकुडाँको प्रदर्शनी, साँस्कृतिक पोषाकको प्रदर्शनी, विभिन्न देशका पैसाहरुको प्रदर्शनी, विद्यालयले हालसम्म प्राप्त गरेको शिल्ड तथा मेडलको प्रदर्शनी साथै  विविध साँस्कृतिक कार्यक्रम, खेलकुद र विद्यार्थीको लागि घोडचढीको व्यवस्था समेत गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख रमादेवी राईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बूनपा १०, ११, १२ का वडाध्यक्षहरुका साथै प्रतिष्ठित समाजसेवीहरुको बाक्लो उपस्थिती रहने मिश्रले बताएका छन् ।

विद्यालयका अभिभावक तथा सम्पूर्ण कपनवासीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको विद्यालयको प्रदर्शनी आयोजक कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्