पत्नी सीताको उपचारका लागि प्रचण्ड सिङ्गापुर प्रस्थान



११ असोज २०७५, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि बुधबार साँझ सिङ्गापुर प्रस्थान गरेका छन् ।

यसअघि उनको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेकाे उनको सचिवालयले जनाएको छ ।

सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुँदै आउनुभएको छ । उनका साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ गएका छन् । नेपालमा उपचार सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराए पनि स्वास्थ्यमा सुधार नदेखिएपछि गत असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्