सरकार ! बलात्कारीलाई फाँसीको सजाय दिईयोस्



१० असोज २०७५, काठमाडौं

१० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी २७ वर्षीय कुसुम पौडेललाइ घटनाको २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको छ । कुसुम सहित पाँच जनालाई पक्राउ गरेकोमा पौडेल मात्र दोषी देखिएका हुन ।

कास्की प्रहरीका अनुसार पौडेलले घटनामा संलग्न भएको स्विकार गरिसकेका छन् । रक्सी र गाँजाको सुरमा यस्तो काम भएको उनले बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्