रुओन नेपालको “सुरक्षित गर्भपतन मेरो अधिकार” कार्यक्रम सिन्धुलीमा सम्पन्न



१० असोज २०७५, सिन्धुली

राइट हियर राइट नाउको आर्थिक सहयोगमा रुओन नेपालद्वारा आयोजित “सुरक्षित गर्भपतन मेरो अधिकार” सम्बन्धि कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा सिन्धुलीका विभिन्न मिडियामा कार्यरत २९ जना संचारकर्मीहरुलाई नेपालमा गर्भपतनको अवस्था, योजना र नीति सम्बन्धी विषयमा छलफल गरिएको थियो ।

असुरक्षित गर्भपतन कम गर्न र सुरक्षित गर्भपतन सेवा संख्या बढाउन संचारकर्मीहरुले खेल्ने भूमिका र महत्वका बारेमा छलफल गरिएको कार्यक्रमका संयोजक सम्झना पहाडीले परिवर्तन खबरलाई बताईन् ।

नेपाल सरकारले सन् २००२ मा गर्भपतनलाई वैधानिकता दिएपनि धेरैजसो मानिसहरुलाई यसको जानकारी कम हुनु र गर्भपतनलाई नकरात्मक रुपमा लिनुले संचारकर्मीहरुलाई यस विषयमा सकारात्मक प्रभाव पर्ने गरी समाचार प्रकाशन तथा प्रशारण गर्न आग्रह गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्