
१० असोज २०७५, काठमाडौं
अमेरिकन डाइभर्सिटी भिसा (डिभी) को आवेदन यहि असोज १७ देखि खुल्ने भएको छ ।
डिभी भर्नका लागि अन्तिम समयसम्म नकुर्न अमेरिकी सरकारको विदेश मन्त्रालयले सूचित गरेको छ । डिभी भर्ने अवधि कात्तिक २० सम्म हुनेछ । कम्प्युटर ओभरलोड भई ढिलाइ हुने र आवेदन दर्ता नहुने सम्भावनासमेत रहेकाले चाँडो आवेदन दिन पनि मन्त्रालयले सूचना गरेको हो ।
अनलाइन मार्फत भरिने डिभीको लागि पारिवारिक विवरण सबै खुलाउन भनिएको छ । डिभीको नतिजा ७ मे २०१९ बाट आउन सुरु हुनेछ ।





