
०९ असोज २०७५, काठमाडौं
नेपाल सरकार, मन्त्रीपरिषद्को २०७५ असोज ०५ गतेको निर्णयानुसार उपरथी दर्जामा पदोन्नती भएका श्री कल्याणकारी योजना निर्देशनालयका सहायक रथी रघु भण्डारी र श्री रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयका सहायक रथी नरेश चन्द्र भट्टलाई जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
उपरथी दर्जामा पदोन्नति भएका उपरथी रघु भण्डारी श्री संभार रथीेको कार्यालय र उपरथी नरेश चन्द्र भट्ट श्री व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा सरुवा नियुक्ति भएका छन् ।





