प्रदेश १ को न्वारानमा कसैको चित्त दुख्दैन : मुख्यमन्त्री राई



१० असोज २०७५, इटहरी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामाकरणमा प्रदेशका कुनै जनताको चित्त नदुख्ने बटो खोजी रहेको बताएका छन् । इटहरीमा ओयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले प्रदेशका जनताको भवनालाई समेट्ने मद्यबिन्दु खोज्दा नामाकरण र राजधानी चयनमा समय लागेको आसय ब्यक्त गरेका हुन् । प्रदेश सरकार गठन भएको ८ महिना बितिसक्दा समेत प्रदेशले नाम र स्थाई मुकाम पाउन नसकेकोमा राई नेतृत्वको सरकारको आलोचना भईरहेको समयमा मुख्यमन्त्रीले प्रदेश नामाकरण र राजधानी तोक्ने बिषयको सेफ ल्याण्डिङको कुरा अघि सारेका हुन् ।

ब्यवसायीक क्षेत्रमा आफुलाई स्थापित गर्दै गरेको इटहरीमा संचालमा आएको नीजि लगानीको सेन्ट्रल प्लाजा ब्यापारीक भवनको उद्घाटनमा आएका राईले प्रदेशको समृद्धमा निजी लगानीको महत्वपुर्ण स्थान रहेको भन्दै प्रदेश सरकार निजी लगानि कर्ता प्रति सधै सकारात्मक रहेकोमा जोड दिए ।

उनले इटहरीमा संचालनमा आएको व्यवसायीक भवनले प्रदेश नम्वर १ को विकासमा समेत टेवा पुर्याउने भन्दै ठुला व्यवसायीक प्रतिष्ठानहरु संचालनमा आउनु स्वागत योग्य छ भने ।

इटहरीका व्यवसायी राजेश श्रेष्ठले संचालनमा ल्याएको १० तले सेन्ट्रल प्लाजामा विभिन्न सामाग्रीहरु पाइने ४० पसलहरु, दुईवटा हल भएको सुविधा सम्पन्न आरएस सिने फ्लेक्स समेत रहेका छन । अन्डरग्राउण्ड पार्किङ, लिफ्ट सुविधा समेत रहेको कारण सेन्ट्रल प्लाजा सफल हुने प्रवन्ध निर्देशक सिद्धार्थ श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्