
०९ असोज २०७५,धनुषा
तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप रु तीन लाख राहत दिने घोषणा गरेको छ ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत मृतककी बहिनी सुिस्मता दासको उपचार र मृतकको राहतस्वरुप ‘बेटी बचाउ बेटी पढाउ’ योजनामार्फत उक्त रकम दिने घोषणा
गरेको हो । उनले तेजाब आक्रमणबाट गम्भीर दिदीबहिनीको उपचारका लागि यसअघि नै प्रदेश सरकारले रु एक लाख दिने निर्णय गरिसकेको थियोे ।
मुख्यमन्त्री राउतले उपचाररत १५ वर्षीया सुिस्मता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको समेत जनाएको हो । उनले तेजाब आक्रमणको छानबिन गरी दोषीमाथि कारवाही गर्न तथा भविष्यमा यस्ता घटना दाहोेरिन नदिन आवश्यक उपाय तथा कानूनी रायसहित १५ दिनभित्र लिखित प्रतिवेदन पेश गर्न मुख्यन्यायाधिवक्ता दीपेन्द्र झालाई निर्देशन दिएको छ ।





