अग्रिम टिकट बुकिङ आजबाट खुल्यो, कहाँ पुग्न कति तिर्नुपर्ने ? (भाडादर सहित)



०९ असोज २०७५, काठमाडौं

दशैं तथा तिहार मनाउन राजधानी बाहिर जाने यात्रुहरुलाई ध्यानमा राखि आजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।

नेपालीहरुको महान् चाड दशैं तथा तिहार नजिकिदैं गर्दा राजधानी बाहिर जाने टिकट लिने यात्रुहरुको घुईचो लागेको हो । यातायत व्यावसायी तथा यातायत विभागबिच गत ५ असोजमा नै टिकट बकिङ खुल्ला गर्ने निर्णय भएपनि पेट्रोलियम पदार्थको मुल्य बृद्धिका कारण यातायत व्यवसायीले सो निर्णय मानिरहेको थिएन ।

नेपाल यातायत व्यवसायी राष्ट्रिय महासंघको सोमबारको बैठकले सवारी साधनको भाडा १० प्रतिशतले बढाएसँगैं अग्रिम टिकट बुकिङ खुल्ला भएको जनाईएको छ । पेट्रोलियम पदार्थको मुल्य बढ्नाले सवारी साधनको भाडा पनि बढाउनु परेको महासंघको महासचिव पुण्यप्रसाद सिटौलाले भनाई रहेको छ ।

भाडादर यसप्रकार छन् ।

 

प्रतिक्रिया दिनुहोस्