अवार्ड समारोहमा ‘धुर्मुस’ले किस गर्न खोज्दा लजाईन ‘सुन्तली’ (भिडियो सहित)



काठमाडौमा आयोजना भएको एक अवार्ड समारोहमा सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले क्यामेराको अगाडि रोमान्टिक पोजमा तस्बिर खिचाएका छन् । उक्त समारोहमा सुन्तली लजाए पनि धुर्मुस भने अलि बढि चुलबुले मुडमा देखिएका थिए ।

सिताराम ‘धुमुर्स’ले क्यामेराकै अगाडि गालामा किस गर्न खोज्दा कुञ्जना तर्किएकी थिइन् । यसपछि, दुखेसो गर्दै धुर्मुसले सञ्चारकर्मीसँग भने–‘मैले त प्रयास गरेकै हो नी । के गर्नु उताबाट स्वीकृत भएन ।’

भूकम्पपछि सामाजिक काममा सक्रिय रहेका हाँस्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ समाजसेवाका कारण चर्चामा छन् । काभ्रेको डाँडागाउँमा एकीकृत बस्ती, सिन्धुपाल्चोकको गिरानचौरमा नमुना बस्ती, महोत्तरीको बर्दिबासमा मुसहर बस्ती, रौतहटको सन्तपुरमा एकीकृत दलित बस्ती बनाइसकेका धुर्मुस सुन्तली अहिले क्रिकेट रंगशाला बनाउन जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्