
०७ असोज २०७५, इटहरी
बिगत लामो समयदेखी इटहरीको मध्यभाग भएर बग्ने टेंग्रा खोलको किनारमा एक हुल बिद्यार्थी र एक जना शिक्षकलाई देख्न सकिन्छ । निःशुल्क रुपमा पढाईने पिपलबोटे स्कुलमा रहेका बिद्यार्थीहरु खुल्ला स्थानमा बसेर पढ्ने गरेका छन् । दिनानुदिन सवारी चाँप बढ्दै गएको इटहरीमा सडकको छेउमा गरिने पढाईले बालबालिकालाई आँखाको समस्या हुन सक्ने भन्दै लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीको आयोजनामा निःशुल्क आँखा परीक्षण भएको छ । सगरमाथा आँखा क्लिनिकको सहयोगमा ४० जना बालबालिकाहरुको आँखा जाँच भएको हो ।
बाटोमा बसेर बढ्ने भएको कारण धुँलो धुँवाका कारण बालबालिकाहरुलाई आँखाको समस्या भएको हुन सक्ने अनुमान सहित बिपन्न तथा गरिब वर्गका बालबालिकाहरुको यस्तो जाँचको आयोजना गरिएको क्रिएटिभ लेडीकी अध्यक्ष शान्ता न्यौपानेले बताइन् ।
आँखा जाँचबाट बालबालिकाहरुलाई थप उपचार तथा चस्मा आवश्यक परेमा निःशुल्क प्रदान गरिने पनि न्यौपानेले बताईन् । सगरमाथा आँखा क्लिनिकका डा. केदार तिम्सिनाले आँखा परीक्षण गरेका थिए ।





