
काठमाडौँ, ७ असोज २०७५,
राष्ट्रपति विद्यादेवी भण्डारीले १०० वर्ष प्रवेश गर्नुभएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई लैनचौरस्थित घिमिरे निवासमा आज बिहान पुग्नु भइ जन्मदिनको शुभकामना दिएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रकवि घिमिरेको सुस्वास्थ्य, दीर्घायु र सिर्जनशील जीवनको कामना गर्दै शुभकामना दिएको हो ।
विसं १९७६ असोज ७ गते लम्जुङको पुस्तुन बाहुनडाँडामा जन्मनुभएका कविवर घिमिरे नेपाली जनजीवनमा लोकप्रिय कवि हो ।





