
०७ असोज २०७५, काठमाडौं
चर्चित उपन्यासकार सुबिन भट्टराईको नयाँ कृति ‘प्रिय सुफी ’ बजारमा आएको छ ।
यसअघि नै चार वटा उपन्यास प्रकाशनमा ल्याएर पाठकमाझ प्रिय बनेका सुबिनको यो पाँचौ कृति हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा बिमोचन कार्यक्रममा उनका प्रिय पाठकहरुको कमी थिएन । यसअघि नै कथाकी पात्र, समर लभ, साया र मुनसुन पाठकमाझ ल्याएर कुशल लेखकका रुपमा छबी बनाईसकेका सुबिनले यो कृति भने अरुभन्दा अलिक फरक भएको बताउँछन् । तँपाई गाँऊघरको कथा किन लेख्नुहुन्न, भन्ने प्रश्नको उत्तरमा उनले शहरमै जन्मे, शहरमै पढें, शहरमै हुर्के, गाँउघर पुगेका पनि छैन, त्यसैले कथावस्तु पनि थाहा छैन । तर पछि त्यो खालको स्टोरी आउँदैन भन्न सकिन्न । भनेका छन् ।
सो कार्यक्रममा उपस्थित पाठकहरुलाई उपहारस्वरुप एक–एक ओटा प्रिय सुफी पुस्तक दिईएको थियो । सो पुस्तकको बिक्रय मुल्य भने ३ सय ७५ हो ।





