कपन प्रहरी प्रभाग र लायन्स क्लबको रक्तदान कार्यक्रम सम्पन्न



०६ असोज २०७५, काठमाडौं

कपन प्रहरी प्रभाग र लायन्स क्लब कपन टी को संयुक्त आयोजनामा बूढानीलकण्ठ १० ह्याण्डबल ग्राउण्डमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स क्लब फस्ट भाईस डिष्ट्रिक गर्भनर इन्दु लम्सालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रहरी बृत्त बौद्धका डिएसपी श्याम कुमार राई, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, स्थानीय समाजसेवी मिठाराम अधिकारी, विदुर विक्रम खड्का र कपन प्रहरी प्रभाग प्रमुख मिन बहादुर कुँवर लगायतको उपस्थितमा रहेको थियो ।

रक्तदान कार्यक्रममा ५६ पुरुष र ११ महिलाले रक्तदानमा रक्तदाता तथा सहयोगीलाई प्रमाणपत्र वितरण गरेको जानकारी कपन प्रहरी प्रभागका प्रहरी नायव निरीक्षक रामेश्वर खड्काले परिवर्तन खबरलाई बताए ।

    

प्रतिक्रिया दिनुहोस्