
०६ असोज २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ मा परिवर्तन खबर डट कमद्वारा आफ्नै कार्यालयमा संचालित निःशुल्क कम्प्युटर तालिम केन्द्रको समुद्घाटन पूर्व सांसद तथा परराष्ट्रविद् डा. राजन भट्टराईले गरेका छन् ।

सूचना, प्रविधिको अवसरबाट बञ्चित युवा महिलाहरुलाई लक्षित गरी संचालन गरिएको तालिम केन्द्रको समुद्घाटन प्रमुख अतिथि भट्टराईले रिबन काटी कम्प्युटर क्लिक गरी प्रोजेक्टर मार्फत र अन्य अतिथिहरुले समेत कम्प्युटर क्लिक गरी समुद्घाटन साथ दिएका थिए ।
तालिम केन्द्र समुद्घाटको भिडियो :

विशिष्ट अतिथिका रुपमा प्रधानमन्त्रीज्यूको जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, बूढानीलकण्ठ नगरपालिका उपप्रमुख रमादेवी राई, अतिथिहरु बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, स्थानीय समाजसेवी मिठाराम अधिकारी लगायत प्रशिक्षार्थीको समेत उपस्थिती रहेको थियो ।

अत्याधुनिक प्रविधियुक्त १० कम्प्युटर मार्फत प्रतिदिन चार समुहमा ४० जना सम्म युवा महिलाले ९ महिना सम्म तालिम लिने परियोजना प्रमुख गोमादेवी वास्तोलाले बताईन् । तालिमको क्रममा जेहेन्दार १० प्रशिक्षार्थीलाई परिवर्तन खबरले रोजगारीको अवसर प्रदान गर्ने आयोजकले बताएका छन् ।











