जगडोल प्रवेशद्वार उद्घाटनमा सहभागीहरुलाई वडाध्यक्षको धन्यवाद ज्ञापन !



०५ असोज २०७५, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ को बूढानिलकण्ठ र गोकर्णेश्वर जोड्ने ‘जगडोल प्रवेशद्वार’को उद्घाटन समारोहमा उपस्थित वडावासी तथा अतिथिहरुलाई वडा अध्यक्ष राजु अधिकारीले विज्ञप्ती जारी गर्दै धन्यवाद दिएका छन् ।

प्रवेशद्वार उद्घाटनमा हजारौं स्थानीयवासीको सहभागिता थियो भने उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रविद तथा पूर्व सांसद डा.राजन भट्टराई, प्रदेश सांसद दीपक निरौला, नगर उपप्रमुख रमादेवी राई लगायत वडाध्यक्षहरुकोे उपस्थिती रहेको थियो ।

छोटो समयमा आयोजना गरिएको कार्यक्रम सफल बनाउन स्थानीय जनताले दिएको साथले निकै उत्साह थपेको भन्दै भावी दिनमा समेत वडाका अन्य कामहरुमा सहयोग गर्न वडाध्यक्ष राजु अधिकारीले अनुरोध गरेका छन् ।

यो पनि पढ्नुहोस् ।

मन्त्री पोखरेलद्वारा जगडोल प्रवेशद्वारको समुद्घाटन

उपप्रधानमन्त्री ईश्वर पोखरेलबाट जगडोल प्रवेशद्वार समुद्घाटन हुँदै

प्रतिक्रिया दिनुहोस्