
०५ असोज २०७५, काठमाडौं
नेपाली सामाजिक तथा राजनीतिक आन्दोलनकी प्रेरणादायी नेतृ सहाना प्रधानको चौथो स्मृति दिवस नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा भव्य रुपमा मनाउन लागिएको छ ।
सहाना प्रधानले नेपाली राजनीतिमा पुर्याएको योगदानलाई जीवन्त राख्न स्थापना गरिएको सहाना प्रधान प्रतिष्ठानले स्थापना कालदेखि नै विभिन्न कार्यक्रम गरी उनले पुर्याएको योगदानलाई उजागर गरिरहेको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, रक्षा मन्त्री ईश्वर पोखरेल, गृह मन्त्री रामबहादुर थापा ‘वादल’ सहभागी हुने प्रतिष्ठानको अध्यक्ष तथा नेकपा नेतृ रामकुमारी झाँक्रीले परिवर्तन खबरलाई बताईन् ।






