
०५ असोज २०७५, काठमाडौं
चलचित्र बाँध मायाले आज शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । दुई युवायुवतीको प्रेममा आइपर्ने दु:ख, संघर्ष तथा प्राप्तिमा आधारित यो चलचित्रमा टिनएजर्स युवायुवतीको कथालाई निकै गहिरो ढंगले प्रस्तुत गरिएको निर्देशक सविर श्रेष्ठ बताउँछन् ।
१ करोड रुपैयाँ लगानी भएको यो चलचित्रका निर्माता रामहरि धिताल, विभेषिका श्रेष्ठ तथा केदार धिताल हुन् । चलचित्रको गीत–संगीत उत्कृष्ट छ । राजु ढुंगानाले सम्पादन गरेको चलचित्र ‘बाँध मायाले’लाई बाबु श्रेष्ठले नवलपरासी, त्रिवेणी धाम, कुलेखानी तथा काठमाडौंमा खिचेका हुन् ।





