इटहरीमा प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता हुने



०४ असोज २०७५, इटहरी

पछिल्लो समयमा इटहरीलाई स्पोर्ट हवको रुपमा विकास गर्न निजी क्षेत्रको चासो बढ्दै गएको छ । इटहरीमा नेपाल तेक्वान्दो संघ प्रदेश एक कार्यालय सुरु गर्दै उक्त कुरामा थप टेवा पुर्याएको छ । इटहरीस्थित रङ्गशालामा कार्यालय भवनको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गरेका हुन् ।

नेपाल तेक्वान्दो संघ प्रदेश एकका अध्यक्ष शैलेस विष्टले यही असोज ५ र ६ गते इटहरीमा प्रदेश स्तरीय तेक्वान्दो खेल प्रतियोगिता आयोजना हुने जानकारी दिए ।

विष्टका अनुसार प्रतियोगितामा एक तौल समुहमा एक जना खेलाडी र एक जना  टिम कोच गरी १४ वटा जिल्लाबाट ४ सय ५० जना खेलाडीहरु र २० जना निर्णायकहरुको सहभागिता रहनेछ । प्रतियोगितको असोज ५ गते राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले उद्घाटन गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्