
०४ असोज २०७५, काठमाडौं
बूढानीलकण्ठ नगरपालिकाको २५ वर्षे नगर भिजन बनाउन दीर्घकालीन सोच निर्धारण कार्यशाला सम्पन्न भएको छ ।

शहरी विकास विभागको सहयोगमा विज्ञ टोलीले नगर भिजन बनाउन तीन मुख्य क्षेत्र तय गरेको छ । पर्यटन, कृषि र आवासलाई मुख्य आधार बनाएर नगर भिजन तयार गर्न लागिएको परामर्शदाता कम्पनीले जनाएको छ ।

आगामी असोज १८ र १९ गते बूढानीलकण्ठ नगरपालिका भित्र आयोजना गरिने नगर भिजन कार्यशालामा विभिन्न विधाका १०० भन्दा बढी जननिर्वाचित तथा विषय विज्ञलाई कार्यपत्र तयार गर्न अनुरोध गरिने नगरप्रमुख उद्धव खरेलले बताए ।

सवै वडाध्यक्ष र कार्यपालिका सदस्यलाई निमन्त्रणा गरिएको तयारी भेलामा नगरप्रमुख उद्धव खरेल, बूनपा १ का वडाध्यक्ष सुरेन्द्र लामा, २ का राजेन्द्र खड्का, १० का नवराज भट्टराई, ११ का राजु अधिकारी र १२ का शम्भुप्रसाद भट्टराईको मात्रको उपस्थितीले नगर भिजन बनाउने कार्यशालाप्रति जननिर्वाचितको उदासिनता प्रष्ट देखिन्थ्यो ।





